अभियन्ताहरु अनलाइनमार्फत समाचार लेखन सिक्दै
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

निषेधाज्ञा जारी रहेको समयमा विभिन्न सामाजिक अभियानमा संलग्न सामाजिक अभियन्ताहरु समाचार लेखन तालीममा जुटेका छन् ।
नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिमा आवद्ध अभियन्ताहरु तालीममा जुटेका हुन् ।
निषेधाज्ञाको समयको सदुपयोग गर्दै अनलाईनमार्फत संचालन भइरहेको तालीममा २० जना अभियन्ताहरुले तालिम लिइरहेका छन् ।
‘समितिको क्रियाकलापको प्रचारप्रसारको साथै सहि ढङ्गले सूचना सम्प्रेषण होस् भन्ने आशा र उद्देश्य लिएर तालिमको आयोजना गरिएको हो’ समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले जानकारी दिए ।
तालिममा रेडियो उपत्यकाका संचारकर्मी बिगेन तुलाधर र इमेज च्यानलका नेपालभाषा समाचारवाचक बिराजकाजी राजोपाध्यले प्रशिक्षण दिइरहेका छन् ।
Categorized in समाज