arin enterprises

अभिनेता दिलीप रायमाझीलाई पितृ शोक

SamacharDesk – समाचारडेस्क इन्टरटेनमेन्ट ब्यूराे | २०८१ फाल्गुण १०, शनिबार

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दिलीप रायमाझीलाई पितृ शोक परेको छ ।

अभिनेता रायमाझीका पिता आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा गए राति निधन भएको हो । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित उनको गए राति उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

दिलीप हिजो राति ११ बजे मात्रै काठमाडौं आइपुगेका थिए ।

दिलीप ‘मेरो डान्स युनिभर्स’ को अडिसनका क्रममा नेपाल बाहिर थिए । अमेरिका, जापान, थाइल्यान्ड हुँदै भारतबाट हिजो राति काठमाडौं आइपुगेका दिलीपले अन्तिम समयमा भने बुवालाई भेट्न पाएका थिए ।

स्वर्गीय रायमाझीको अन्त्येष्टि आज शनिवार पशुपति आर्यघाटमा गरिएको छ ।

Categorized in पेजथ्री