अब एड ब्लकर प्रयोगकर्ताले युट्युबमा भिडियो हेर्न नपाउने
SamacharDesk | २०८० आश्विन २९, सोमबार

युट्युबले एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई भिडियो हर्नै नदिने नयाँ नीति लागू गरेको छ ।
आफ्नो आम्दानी घट्दै गएपछि युट्युबले एड ब्लकर प्रतिबन्ध लगाउने घोषणा गरेको नीति अहिले अधिकांश ठाउँमा लागू भएको हो ।
प्रयोगकर्ताहरुले यदि ब्राउजरमा एडब्लकर प्रयोग गरेमा भिडियो प्ले हुँदा हुँदै बीचमा पपअप देखिन्छ जहाँ एड ब्लकर डिसेबल गर्न भनिएको हुन्छ ।
पपअपको तल एड ब्लकर डिसेबल गरेर युट्युब विज्ञापन इनेबल गर्ने वा प्रिमियम सब्स्क्रिप्सन लिनका लागि दुई ओटा बटन राखिएको देख्न सकिन्छ ।
युट्युबले यो नीति कहिलेबाट लागू गरेको हो भन्ने कहीँ खुलाएको छैन ।
यसअघि परीक्षणमा रहेको भनिएको यो नीति अन्तर्गतको नोटिस अहिले अधिकांश प्रयोगकर्तामाझ देखिन थालेको छ ।
नेपालमा पनि यो फिचर केही प्रयोगकर्तामा लागू भइसकेको छ ।
Categorized in विज्ञान-प्रविधी