arin enterprises

अफगानिस्तानमा भारी वर्षाका कारण १२५ को मृत्यु

SamacharDesk | २०८१ बैशाख ३०, आइतबार

अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा आएको आँधी र बाढीका कारण अहिलेसम्म १ सय २५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताउनु भयो ।

विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौं घरहरू ध्वस्त वा क्षति पुगेको बताएको छ ।

तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले बताऐ ।

उहाँका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति पुगेको छ । अफगानिस्तानले गत महिनादेखि भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।

तुफान र बाढीले बदख्सान र सामंगन लगायत अन्य उत्तरी प्रान्तका अधिकांश भागहरूमा पनि क्षति पु¥याएको छ ।

Categorized in अन्तर्राष्ट्रिय