arin enterprises

अफगानिस्तानका पूर्वमहिला सांसदको हत्या

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ २, सोमबार

अफगानिस्तानका एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । पूर्वसांसद मुर्सल नाबिजादाको उनकै निजी निवासमै गोली हानी हत्या गरेका हुन् । 

राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको समयमा सांसद र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

३२ बर्षिय नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए ।

घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् । घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् ।

उनलाई तालिवान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो । तालिवान सरकारले पदच्यूत गरेका अधिकांश महिला सांसदहरुले देश छोडे पनि नाबिजादाले देश छोडेकी थिइनन् ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको संचारमाध्यमले जनाइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय