arin enterprises

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने उपमेयर डंगोलको स्पष्टोक्ति

SamacharDesk – Ram Dangol | २०७९ पौष १९, मंगलबार

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएपछि टुँडिखेल संरक्षण अभियान ‘अकुपाई टुँडिखेल’ले विरोध गरेको छ ।

अभियन्ताहरुले महानगरपालिकाको कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै बिरोध गरेका थिए ।

स्थानीयवासी र संरक्षण अभियान्ताहरुले सोमबार बिरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, प्राकृतिक रुपमा काठमाडौंको फोक्सो (अर्थात् स्वच्छ हावाको श्रोत) भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौं मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षीको रुपमा रहेको खुल्ला मञ्च भएको क्षेत्र तथा दैविक प्रकोपको बेला आश्रय केन्द्रको रुपमा रहेको टुँडिखेल दिनप्रतिदिन मासिंदै गएको छ । सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ र हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ, महानगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

चकंतिंख्यः अर्थात मुक्त टुँडिखेल नाम दिइएको अभियानले बुझाएको ज्ञापनपत्रमा, झट्ट हेर्दा टुँडिखेल अभैm पनि खुल्ला सार्वजनिक क्षेत्र जस्तै देखिएको तर सो क्षेत्र खुल्ला सार्वजनिक क्षेत्रबाट विस्तारै सरकारी जग्गामा परिणत हुँदै गएको छ, यही सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दुषित मनसाय तथा कार्यको अभियान घोर भत्र्सना गर्दै आइरहेको छ र हाल महानगरबाट भएको निर्णय यस्कै निरन्तरता हो भन्ने अभियानको बुझाई रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा मेयर बालेन्द्र शाहले उक्त ज्ञापनपत्र बुभ्mन नमानेपछि उपमेयर सुनिता डंगोललाई बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने स्पष्ट पार्नुभयो ।

उहाँले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताउनु भयो । उहाँले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बताउनु भयो ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो ।

Categorized in स्थानीय
SKIP THIS maharjan complex bumper adv