arin enterprises

रोनाल्डोको गोलमा अल नासर च्याम्पियन्स

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २८, आइतबार

अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ । गए राति भएको फाइनलमा नौ खेलाडिमा सिमित अल नासरले अल हिलाललाई २–१ ले पराजित गर्दै च्याम्पियन्स बनेको हो ।

अल नासरलाई च्याम्पियन्स बनाउन दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । हिलालका लागी माइकलले गोल गरे ।

किङ पाद स्टेडियम साउदीमा भएको खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो ।

७१ औं मिनेटमा अब्दुलेलाह अल–अमरीले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटिएको थियो । १० खेलाडिमा सिमित अल नासरका लागि ७४औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

नवाफ बौशलंले ७८ औं मिनेटमा अर्को रातो कार्ड पाएपछि नासर नौ खेलाडिमा सिमित भयो । त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै नौ खेलाडिमा सिमित अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए ।

योसँगै रोनाल्डोले नासरमा पहिलो उपाधी जितेका छन् । उनी पहिलो सिजन क्लबमा उपाधीविहिन बनेका थिए ।

Categorized in स्पाेर्ट्स