अल नासर लगातार पाँचौ पटक विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ६, शनिबार

साउदी प्रो लिगमा अल नासरले लगातार पाँचौ पटक जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले शुक्रबार राती भएको खेलमा अल अहिल साउदीलाई पराजित गरेको हो ।
अल नासर ४–३ गोलले विजयी भएको थियो । खेल सुरु भएको चौथौं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै नासरलाई अग्रता दिलाए । टलिस्काले १७ औं मिनेटमा नासरको अग्रता दोब्बर पारे ।
३० औं मिनेटमा फ्रान्सका केस्सीइले गोल गर्दै खेललाई २–१को नतिजामा ल्याए ।
पहिलो हाफको अतिरिक्त समयमा टलिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै नासरलाई ३–१ले अघि राखे ।
दोस्रोहाफको ५० औं मिनेटमा रियाद महरेजले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–२ गोलको नतिजामा ल्याए ।
त्यसको दुई मिनेट पछि रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।
८७ औं मिनेटमा फिरास अलव्रिकनले गोल गर्दा नतिजा ३–४को रह्यो ।
खेलको बाँकि समयमा अर्को गोल नहुँदा खेल अल नासरले जित्यो ।
यो जितसँगै अल नासरले ७ खेलबाट १५ जोड्डै लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै, अल अहिल भने ७ खेलमा समान १५ अंक रहेपनि गोल अन्तरमा पछि रहेर छैटौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स