arin enterprises

अलास्क एयरलाइन्सका बोइङ ७३७ म्याक्स नाइन उडानमा रोक

SamacharDesk | २०८० पौष २२, आइतबार

अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सका बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ ।

उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।

गत शुक्रबार अलास्का एयरलाइन्सको विमान अमेरिकी राज्य ओरेगनबाट क्यालिफोर्नियाका लागि उडान भर्ने क्रममा विमानको एक भाग खसेपछि आतपकालीन अवतरण गरिएको थियो ।

उक्त घटनालगत्तै कम्पनीले आफ्ना सबै विमानको उडान रोकेर परिक्षण गर्ने जनाएको थियो । योसंगै अमेरिकी वायुसेवा नियामक निकायले नै विमान कम्पनीका १ सय ७१ वटै म्याक्स विमानको उडानमा रोक लगाउँदै आवश्यक निरीक्षण थालेको हो ।

विमान उडानमा रोक लगाइएसँगै करिब ६० उडान रद्द भएका छन् । यी सबै विमानको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिइने बताइएको छ ।

अमेरिकाको पोर्टल्याण्ड ओरेगनबाट ओन्टारियो क्यालिफोर्निया प्रस्थान गरेको अलास्का एयरलाइन्सको बोइङको सिसासहितको एक भाग झरेको थियो ।

यसपछि फर्काइएको विमान सकुशल आपतकालीन अवतरण गरेको थियो ।

जहाजमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

Categorized in अन्तर्राष्ट्रिय