arin enterprises

गायिका जोशीको गीति एल्बम “मिखाया भाय्” सार्वजनिक

SamacharDesk | २०८० जेठ १८, बिहिबार

गायिका तेजवती जोशीको एकल श्वर रहेको नेपाल भाषाको गीति एल्बम “मिखाया भाय्” को सार्वजनिक गरेको छ ।

निकै समयदेखि गायन क्षेत्रमा लागिरहनु भएका गायिका जोशीको एकल श्वर रहेको यो पहिलो एल्बम हो । गणतन्त्र दिवसका अवसरमा जमलस्थित नाचघरमा एक कार्यक्रमका बीच उक्त गीति एल्बम सार्वजनिक गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाट उक्त एल्बम सार्वजनिक गरिएको हो । एल्बममा समावेश भएको सबै गीतको कम्पोज चर्चित कम्पोजर जुगल डंगोलले गर्नुभएको छ भने एब्लममा योगेन्द्र राजकर्णिकार, सुरजवीर बज्राचार्य, हरिराम महर्जन ‘थेच्व’, दर्शन वीर शाक्यको स्वर रहेको छ ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि जनगायक भृगुराम श्रेष्ठ, लोक गायक रत्न बेहोसी, गायिका जोशीका पुजनीय माता बसुमाया जोशीलाई सम्मान गरिएको थियो ।

त्यस्तै रचनाकार, संगीतकारलगायत नेपाल भाषाको गीति एल्बम निकाल्न सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यबाद पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सांगीतिक क्षेत्रका व्यक्तित्वहरुले आ–आप्mनो मन्तव्य राख्नु भएको थियो भने गायक जोशीले एल्बमा समावेश भएको गीत गाएका थिए ।

Categorized in पेजथ्री