अल इन्डिया फुटबल फेडेरेसन निलम्बनमा
SamacharDesk | २०७९ श्रावण ३१, मंगलबार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई अनिश्चित समयका लागि निलम्बनमा राखेको छ ।
भारतिय फुटबल संघमा तेस्रो पक्षको हस्तक्षप भएको भन्दै फिफा काउन्सिलले उसलाई निलम्बनमा राखेको हो । आफ्ना कुनैपनि सदस्य देशहरुमा राजनीतिक वा तेस्रो पक्षको हस्तक्षेप फिफाको नियम विपरित हुने उसले प्रष्ट पारेको छ ।
केही महिनाअघि मात्र भारतको सर्वोच्च अदालते एआइएफएफको तत्कालिन कार्यसमिती भंग गर्दै आफै कमिटी गठन गरेपछि फिफाले सो कार्य कार्यन्वयन नगर्न चेतावनी दिएको थियो ।
फिफाले चुनावी सारधणसभाबाट आएको कार्यसमितीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएपछि मात्र भारतिय फुटबलमाथिको निलम्बन फुकुवा हुने जनाएको छ । निलम्बनमा परेसँगै सन् २०२२ अक्टोबर ११ देखि ३० सम्म भारतमा हुने भनिएको युथ १७ महिला विश्वकप अन्यत्र सर्ने भएको छ ।
गत जुलाईमा मात्र फिफाले अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानमाथिको निलम्बन फुकुवा गरेको थियो ।
Categorized in स्पाेर्ट्स