arin enterprises

मच्छिन्द्रनाथ जात्रा प्रकरणमा गिरफ्तार भएका सबै रिहा

SamacharDesk – बिकाश | २०७७ भाद्र २५, बिहिबार

गत १८ गते पुल्चोकमा भएको रातो मच्छिन्द्रनाथ रथ जात्रा प्रकरणमा गिरफ्तारीमा परेका सबै रिहा भएका छन् । 

सो घटनामा पक्राउ परी रिहा हुन बाँकि ७ जनालाई आज रिहा गरिएको हो । 

आज रिहा हुनेहरुमा ललितपुर–२१ का असोज कुमार महर्जन, ललितपुर– १६ का रविन शाक्य, काठमाडौं– १६ का यादवलाल कायस्थ, ललितपुर– २० नःटोलका नरेश शाक्य, ललितपुर–१३ कुसन्तीका सञ्जय शाक्य, ललितपुर–११ का करण देउला र देवेन्द्र देउला रिहा भएका हुन् ।

यसअघि पक्राउ परेका २० जनामध्ये १३ जना विभिन्न दिनमा रिहा भएका थिए ।

गत आइतवार ललितपुर १६ का प्रविण शाक्य, ललितपुर ११ का शुकबहादुर देउला  लतिलपुर ११ का दलबहादुर देउला रिहा भएका थिए । 

त्यस्तै सोमवार ललितपुर–११ बंगलामुखीकी पृथबिन्दु महर्जन, ललितपुर– ६ का रवि शाक्य, ललितपुर  १६ गाःबहालका महेश बज्राचार्य, ललितपुर इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी  ८ का श्याम था श्रेष्ठ र निरज वादे रिहा भएका थिए । 

मंगलवार ललितपुर– ११ तापाहिति अनिल खड्गी रिहा भएका थिए भने हिजो बुधबार ललितपुर इमाडोलका अनिस महर्जन र ललितपुर ७ पिलाछेँका रत्नलाल श्रेष्ठ रिहा भएका थिए ।

रथारोहण गराई रातो मच्छिन्द्रनाथलाई अलपत्र छोडिएको र राज्यले जात्रा सम्पन्न गर्न कुनै चासो नदेखाएको भन्दै आक्रोशित स्थानीयहरुको समूहले गत १८ गते विहिबार पुल्चोकमा भेला भई रथ तान्न खोजेका थिए ।

सो क्रममा प्रहरीले निषेधाज्ञा तोडेको भन्दै समूहलाई रथ रोक्न खोज्दा केही प्रहरीको साथै स्थानीय पनि घाइते समेत भएका थिए भने २० जनालाई पक्राउ गरिएको थियो ।

 

Categorized in समाज