arin enterprises

भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

SamacharDesk | २०७९ जेठ २९, आइतबार

दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी परेको छ ।  अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् ।

केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा रहेका अल्लूको फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो ।

सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लूको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लूलाई कारवाहीको माग गरेका छन् ।

उनले अल्लूविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीेमा उजुरी दिएका हुन् । उनले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लू र शैक्षिक संस्थानविरुद्ध मुद्धा चलाउनुपर्ने बताएका छन् ।

यसअघि अल्लू एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।

Categorized in पेजथ्री
SKIP THIS Maharjan Complex