arin enterprises

जाम्बीया माथि स्पेनको शानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १०, बुधबार

महिला विश्वकप २०२३मा स्पेनले शानदार जित हासिल गरेको छ ।

बुधबार भएको समुह सीको खेलमा स्पेनले जाम्बीया माथि ५–० गोलको शानदार जित निकालेको हो ।

न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलमा स्पेनको लागि जेनिफर हर्मोसो र अल्बा रेडोंडोले समान दुई/दुई गोल गर्दा टेरेसा अबेलेराले एक गोल गरे ।

खेलको नवौं मिनेटमा अबेलेराले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । १३ औं मिनेटमा हर्मोसोले गोल गर्दा स्पेन पहिलो हाफमै दोब्बर अग्रताले अघि रह्यो ।

दोस्रो हाफमा स्पेनले तिन गोल गरे । रेडोंडोले ६९ औं मिनेटमा गोल गर्दा स्पेन ३–० गोलले अघि रह्यो ।

त्यसपछि हर्मोसोले ७० औं र रेडोंडोले ८५ औं मिनेटमा गोल गर्दा स्पेनले ५–० को अग्रता लियो । यो स्पेनको दास्रो जित हो ।

योसँगै स्पेनले छ अंक जोड्डै समुहको शीर्ष स्थानमा छ भने जाम्बीया अंक रहित पुच्छरमा छ ।

Categorized in स्पाेर्ट्स