arin enterprises

अमेरिकाले आक्रमण गर्यो इरानसँग जोडिएका क्षेत्रमा

SamacharDesk | २०८० माघ २०, शनिबार

जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको छ ।

अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका लक्षित ८५ स्थानमा हवाइ आक्रमण गरेको छ । आक्रमणमा परि ६ लडाकुको मृत्यु भएको छ भने केहि घाईते भएकाछन् ।

अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमाण्ड एण्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भण्डारण र अन्य सुविधामा आक्रमण गरेका छन् ।

ह्वाइट हाउसले ड्रोन आक्रमणका लागि ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक छाता समूह जिम्मेवार रहेको बताएको छ ।

अमेरिकाबाट उडेको बमवर्षक विमानहरुबाट करिब आधा घण्टासम्म हवाई आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर आई. आर.जी.सी को कुड्स फोर्स र इराक र सिरियामा सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय