arin enterprises

फोनिजबाट पत्रकार महासंघमा अनिश्चितकालीन तालाबन्दीकाे घाेषणा

SamacharDesk – बिराज | २०८० फाल्गुण १३, आइतबार

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत इतिहास नसच्याए महासंघमा अनिश्चितकालीन तालाबन्दी गर्ने बताएकाे छ ।

तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठकै नाम कायम गर्नुपर्ने भन्दै फोनिजले महासंघमा तालाबन्दी लगायत संघर्षका थप कार्यक्रम घोषणा गरेको हो ।

फोनिजले प्रेश विज्ञप्ती जारी गर्दै फागुन १४ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सुरु गर्दै पत्रकार महासंघको केन्द्रदेखि सबै शाखाहरुमा तालाबन्दीको कार्यक्रम घोषणा गरेको हाे ।

फोनिजका महासचिव मिलन लिम्बुको हस्ताक्षर रहेको विज्ञप्तीका अनुसार १४ गते फोनिजका सबै समितिका नेतृत्वसँग भर्चुअल सम्वाद गरिने छ ।

१५ गते सात दिने अल्टिमेटमसहित पत्रकार महासंघका सबै समितिलाई सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्नुपर्ने मागसहित स्मरण पत्र बुझाउने कार्यक्रम राखिएको छ ।

त्यसपछि चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै स्मरण पत्र बुझाएको सात दिनमा माग पुरा नभए २१ गते पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यक्रम राखिएको छ ।

Categorized in समाज