चापागाउँमा फेरी अर्को बुद्धको मूर्ति चोरी
SamacharDesk – बिराज | २०७९ फाल्गुण २९, सोमबार

ललितपुरको चापागाँउस्थित चीभाः लाछिमा रहेको चैत्यमा फेरि पनि बुद्धको मूर्ति चोरी भएको छ । गत फागुन १७ गते बुधबार मात्र बुद्ध मूर्ति चोरी भएकै स्थानमा फेरी पनि आइतबार राती अर्को बुद्धको मूर्ति चोरी भएको हो ।
ललितपुर चापागाँउको महानगरिय प्रहरी बृत्तसँगै रहेको आठौं शताव्दीको ऐतिहासिक पुरातात्विक महत्वको चीभाःमा रहेको दक्षिण र पश्चिममा रहेको बुद्धको मूर्ति चोरी भएको हो । गत १७ गते उत्तरतर्फ रहेको बुद्ध मूर्ति चोरी भएको थियो ।
चोरी भएको मुर्ति ३१७ वर्ष पुरानो भएको बताइएको छ ।
चापागाँउ पुरानो वसपार्कसँगै मोती पुस्तकालयको आडमा रहेको चैत्य भत्काएर मूर्ति चोरी गरिएको हो ।
चोरीको सम्वन्धमा अनुसन्धान भइरहेको र मूर्तिको साथमा चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चैत्यमा स्थापित शिलालेखका अनुसार उक्त चैत्य ईस्वी संवत् ८२७ मा स्थापना गरिएको हो ।
पछिल्लो समय ललितपुरको ठेचो, लेले लगायतका क्षेत्रमा चोरी निकै बढेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
Categorized in समाज