arin enterprises

क्यान्सर पिडितका उपचारका लागि अनुप्रस्थ फाउन्डेसनले च्यारिटी कन्सर्ट गर्दै

SamacharDesk – आकाश | २०८० जेठ ५, शुक्रबार

अनुप्रस्थ फाउन्डेसनले गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्‍याउने  लक्ष्यका साथ च्यारिटी कन्सर्ट गर्ने भएको छ ।

अनुप्रस्थ फाउन्डेसनको आयोजनामा आउँदो जेठ ६ गते शनिवार विभिन्न ब्याण्डहरुले म्युजिक टु हिल एण्ड हेल्प नामक कन्सर्ट गर्न लागेको हो ।

अनुप्रस्थ फाउन्डेसनले चर्चित नेपाली ब्याण्ड अनुप्रस्थका भोकलिस्ट निरन शाहीले स्थापना गरेका हुन् ।

कन्सर्ट ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारा सहित ‘काल्म’ टङगालवुड, नक्सालमा हुन लागेको हो ।

यस कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजकले बिना शुल्क क्यान्सर पिडितका उपचारका लागि सहयोग गर्ने भएका छन् ।

च्यारिटी कन्सर्टमा अनुप्रस्थ सहित मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, द एलिमेन्टस् , इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहने छ ।

Categorized in पेजथ्री