arin enterprises

नक्कली कागजात बनाई विदेश पठाउने गिरोह पक्राउ

SamacharDesk | २०८० कार्तिक २०, सोमबार

नक्कली कागजात बनाइ भिजिट भिसामा बिदेश पठाइदिने भनी ठगी गर्ने गिरोहलाईनेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।

यो गिरोहले कार्यालय नै राखेर नाता प्रमाणितको नक्कली कागजातदेखि नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट र नक्कली टिकट बनाएर ठगी गरेको महाशाखाको भनाइ छ ।

काठमाडौंका बिभिन्न स्थानबाट १० जनाको गिरोहलाई पक्राउ गरिएकोमा चार जनालाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेहरुमा नेपाल प्रहरीका जवान जीवराज तामाङ समेत रहेको खुलासा भएको छ । पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा जयराम श्रेष्ठ, भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, आशिष श्रेष्ठ, साईरस बिसंखे, दिपक केसी र बलबहादुर रावत रहेका छन् ।

उनीहरुहरुको साथबाट १ हजार बढी नक्कली कागजात र सयौं नक्कली टिकट र छापहरु बरामद गरिएको छ ।

Categorized in अपराध