महानगरको पुलमा करोडौंको झिलिमिलि
SamacharDesk | २०८० श्रावण ३२, बिहिबार

काठमाडौं महानगरले नवनिर्मित आर्क ब्रिजहरु २५ करोड खर्चेर झिलिमिलि बनाउने भएको छ ।
सुन्दर महानगर योजना अन्तर्गत काठमाडौं महानगरपालिकाले करोडौं खर्चेर उक्त कार्यहरु गरिरहेको छ ।
महानगरले आर्थिक बर्ष २०८०/८१ मा महानगरले सुन्दर महानगरको स्वर्णिम योजना अनुसार नै अहिले महानगर भित्रका आर्क व्रिजहरु बानेश्वरको बिजुली बजार, परोपकार पुल, डल्लु पुलमा झिलीमिली बत्ति बाल्न थालिएको बताएको हो ।
यसका अलावा महानगरले फुटपाथ, रंगरोगन, पार्क, आइल्याण्ड मर्मत सम्हार, सार्वजनिक पर्खाल, बाटोहरुमा पेन्टिङ, आइल्याण्डहरु, पार्कहरु, डिभाइडरहरुमा बत्ति राखिने योजना रहेको महानगरले जनाएको छ ।
यस्तै महानगरले उज्यालो महानगर प्रोग्राम अन्तर्गत मुख्य मुख्य ठाउँमा लगभग २ हजार बत्ति पनि जडान गर्ने योजना रहेको बताइएको छ । महानगरले स्ट्रीट लाईटको लागि २० करोड बजेट बिनियोजन गरेको छ ।
अहिले पुलमा झिलीमिली बत्ति राखेपछि युवायुवतीहरु टिकटक बनाउने, तस्वीर खिच्ने, भिडियो बनाउनेहरुको भिडभाड पनि बढ्न थालेको छ ।
Categorized in स्थानीय