विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १, शुक्रबार

फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनालाई उरुग्वेले हराउँदा ब्राजिललाई कोलम्बियाले हराएका हुन् ।
अर्जेन्टिनाको घरेलु मैदानमा उरुग्वेका लागि रोनाल्ड अराउजोले ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरेका थिए ।
यता ब्राजिललाई कोलम्बियाले २–१ गोलले हरायो । घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलम्बियाका लागि दुवै गोल लुइस डियाजले गरे ।
उनले ७५ र ७९ मिनेटमा गोल गर्दै कोलम्बियालाई पुनरागमन जित दिलाए । त्यसअघि मार्टिनेलीले चौथो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
यो हारपछि पनि अर्जेन्टिना शीर्ष स्थानमै छ । अर्जेन्टिनाको १२ अंक छ । उरुग्वे दोस्रो स्थानमा उक्लियो। उसको १० अंक छ भने कोलम्बिया ९ अंकसहित तेस्रो स्थानमा पुग्यो ।
भेनेजुएला ८ अंकसहित चौथो स्थानमा रहदा ब्राजिल भने ७ अंकसहित पाँचौ स्थानमा झरेको छ ।
Categorized in स्पाेर्ट्स