arin enterprises

अर्जेन्टिनाको पुनर्रागमण बराबरी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १२, शुक्रबार

महिला विश्वकपमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई बराबरीमा रोकेको छ । शुक्रबार भएको समूह ‘जी’ को खेलमा अर्जेटिनाले दक्षिण अफ्रिकासँग २–२ गोलको बराबरीमा खेलेको हो ।

अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए ।

खेलको ३० औं मिनेटमा माटिहालोले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाए । ६६ औं मिनेटमा केगाटलानाको गोलबाट दक्षिण अफ्रिकाको अग्रता दोब्बर भयो ।

दुई गोलले पछाडि रहेको स्थितिमा अर्जेन्टिनाको लागि सोफियाले पहिलो गोल गरिन् । उनले खेलको ७४ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यसको पाँच मिनेट पछि नुनेजले गोल गर्दा अर्जेन्टिना खेलमा फर्कियो ।

यस पुनर्रागमण बराबरीसँगै अर्जेन्टिनाको दास्रो चरणमा पुग्ने आशा जिवितै रहेको छ ।

यस महिला विश्वकपमा दक्षिण अफ्रिका र अर्जेन्टिनाले जितेको यो पहिलो अंक हो । दुवै टोलिको समान एक एक अंक सहित समूह ‘जी’ को पुछारमा छ ।

Categorized in स्पाेर्ट्स