अर्जेन्टिनाले ब्राजिललाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर ६, बुधबार

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडिमा सिमित ब्राजिलमाथि १–० को जित निकालेको हो ।
ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए ।
खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।
विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा हारेको हो । यस्तै विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो ।
उरुग्वेविरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बन्दै गएको छ ।
ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो ।
प्रहरीसँग समर्थकको भिडन्तले खेल निर्धारित समयभन्दा ढिला गरि सुरु भएको थियो । प्रहरीसँगको भिडन्तमा अर्जेन्टिनी समर्थक केही गम्भिर घाईते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
अर्जेन्टिनाले १५ अंक सहित छनोट तालिकामा आफुलाई शीर्ष स्थानमा राखेको छ । ब्राजिल ८ अंक सहित छैटौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स