arin enterprises

क्रोसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

SamacharDesk | २०७९ मङ्सिर २८, बुधबार

कतारको राजधानी दोहास्थित लुजेल रंगशालामा गएराति भएको सेमिफाइनल खेलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको क्रोएसियाविरुद्धको पहिलो सेमीफाइनल खेलमा अर्जेन्टिना ३–० ले विजयी भयो । क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनालाई विजयी गराउन जुलियन अल्भारेजले दुई गोल गर्दा लियोनल मेस्सीले एक गोल थपे ।

जितसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जित्ने संभावना बलियो पारेको छ । उसले यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको यो छैटौं पटक हो ।

अन्तिम पटक सन् २०१४ को विश्वकपमा फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । यसपटक अर्जेन्टिनाका महान खेलाडी लियोनल मेस्सीलाई विश्वकप जिताएर अवकाश लिने मौका छ ।

साथै मेस्सीलाई यो विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर समेत छ । अहिलेसम्म मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेको ५–५ गोल भएको छ । अल्भारेज र ओलिभर जिरुको नाममा ४–४ गोल छ ।

अर्जेन्टिनाले उपाधि भिडन्तमा फ्रान्स र मोरक्कोमध्ये एक टोलीसँग खेल्नेछ । फ्रान्स र मोरक्कोबिचको दोस्रो सेमिफाइनल खेल आज राती पौने १ बजे अल बायत रंगशालामा हुनेछ ।

Categorized in स्पाेर्ट्स