बोलिभियामाथि अर्जेन्टिनाको सान्दार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १५, मंगलबार

कोपा अमेरिकामा अर्जेन्टिनाले बोलिभियामाथि सान्दार जित निकालेको छ ।
मंगलबार बिहान समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।
खेलको छैटौं मिनेटमा अलेजान्ड्रो गोमेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ४२औं मिनेट अघि सर्जियो अग्युरोको पासमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ६० औ मिनेटमा बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए । त्यसपछि ६५औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को शानदार जित दिलाए ।
समुह ए मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।
बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
Categorized in स्पाेर्ट्स