जेनजी आन्दोलनको कथामा आधारित ‘रगतको कण–कणमा’ सार्वजनिक
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २२, शनिबार
जेनजी आन्दोलनको बलिदान, देशले भोगिरहेको पीडा र युवापुस्ताको देशप्रेमलाई समेटेर तयार पारिएको गीत ‘रगतको कण कणमा’ सार्वजनिक भएको छ ।
बीजे एन्ड द रिबेल्सको प्रस्तुति रहेको गीतले देशप्रेम, राष्ट्रभक्ति र परिवर्तनको आवाजलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ । देशको वर्तमान अवस्था, युवाहरूको भावना र राष्ट्रप्रतिको समर्पणलाई भिडियोमार्फत उजागर गरिएको छ ।
स्लो रक जेनरेमा तयार गरिएको गीतमा बीजे एन्ड द रिबेल्सकै स्वर, शब्द तथा संगीत रहेको छ । गीतले देशलाई माया गर्ने युवाहरूको भावना र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेको छ । विशेषगरी टिकटक र फेसबुक रिल्समा भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ भने युट्युबमा पनि गीतलाई दर्शकले रुचाएका छन् ।
गीतको भिडियोमा सुरेन बस्नेतले कोरियोग्राफी गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन् । विकास दाहालले भिडियोको सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । म्यूजिक भिडियोको निर्देशन सुमन बस्नेतको रहेको छ ।
Categorized in पेजथ्री




