कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २३, बुधबार

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो ।
टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गर्दा रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।
यस्तै कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाले गोल गर्दा डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास भने असफल भएको थियो ।
यसअघि खेलको सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले सुरुवाति अग्रता लिएको थियो । उनलाई लियोनल मेस्सीले पास उपलब्ध गराएको थियो ।
तर, ६१ औं मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आएको थियो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मार्यो ।
अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनल पुगेको हो ।
फाइनलमा अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ । सन् २००७ पछि पहिलो पटक अर्जेन्टिनाले ब्राजिलसँग फाइनल खेल्न लागेको हो ।
Categorized in स्पाेर्ट्स