arin enterprises

मेस्सीको गोलसँगै अर्जेन्टिना विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १०, शुक्रबार

अर्जेन्टिनाले पानामालाई हराएको छ । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई २–० ले हराएको हो ।

अर्जेन्टिनाको जितमा थियागो अल्माडा र लियोनल मेस्सीले एक एक गोल गरे ।

अर्जेन्टिनामा भएको खेलको ७८ औं मिनेटमा थियागो अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि ८९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए । उनले फ्रिकिक मार्फत गोल गरेका हुन् ।

यो गोलसँगै मेस्सीले क्लब र राष्ट्रका लागि गरि करियरको ८०० गोल पूरा गरेका छन् ।

Categorized in स्पाेर्ट्स