arin enterprises

विश्वकप २०२६ को छनोट खेलमा अर्जेन्टिनाको शानदार जित

SamacharDesk | २०८१ कार्तिक १, बिहिबार

अर्जेन्टिनाले विश्वकप २०२६ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।

हिजो बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० को फराकिलो अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई बिजयी गराउन कप्तान लियोनन मेस्सीले ह्याट्रिक गरेका हुन् । मेस्सीले ह्याट्रिक गर्दा लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिएगो अलमाडाले एक एक गोल गरे ।

यो जितसँगै १० खेलमा २२ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोट तालिकाको शीर्षस्थानमा छ ।

समान खेलबाट कोलम्बिया १९ अंक र उरुग्वेले १६ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स