मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २२, शुक्रबार

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ ।
शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो ।
ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरे । उनले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए ।
यो जितसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ ।
यस्तै शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई पराजित गर्दा पराग्वे र पेरुले गोल रहित बराबरी खेलेका छन् ।
Categorized in स्पाेर्ट्स