arin enterprises

मेस्सीको कीर्तिमानसँगै अर्जेटिना विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १, बुधबार

विश्वकप फुटबलको छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । बुधबार अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले हराएको हो ।

पेरुको घरेलु मैदानमा भएको खेलमा अर्जेटिनाको लागि दुवै गोल लियोनल मेस्सीले गरे ।

योसँगै उनी विश्वकपको दक्षिण अमेरिका छनोटमा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले उरुग्वेका लुइस सुवारेजलाई पछि पारेका हुन् ।

दक्षिण अमेरिका छनोटमा मेस्सीले ३१ गोल गरेका छन् भने सुवारेजले २९ गोल गरेका छन् ।

खेलको ३२ औं मिनेटमा मेस्सीले गोल अर्जेन्टिनालाई अघि बढाएका थिए ।  पहिलो हाफ सकिन तीन मिनेट अघि मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० ले अघि राखे ।

यहि अग्रतालाई खेलको अन्तिमसम्म जोगाई खेल अर्जेटिनाले जित्यो ।

अर्जेन्टिनाले छनोटका सुरुआती चारवटै खेलमा जित निकालेको छ । अर्जेन्टिनाले १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

पेरुले लिग चरणको चार खेलबाट मात्र १ अंक बटुलेको छ । 

Categorized in स्पाेर्ट्स