arin enterprises

अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया विश्वकप फुटबलको नक आउट चरणमा उक्लिएयो

SamacharDesk | २०७९ मङ्सिर १५, बिहिबार

गएराति भएको समुह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायो ।

अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यही समुहको अर्को खेलमा मेक्सिकोले साउदी अरबियालाई २–१ ले पराजित ग¥यो ।

समुहका सबै खेल सकिंदा ६ अंकसहित अर्जेन्टिना समुह विजेता बन्यो भने ४ अंकसहित पोल्याण्ड उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा प्रवेश ग¥यो ।

समान ४ अंक जोडेको मेक्सिको तेस्रो हुँदा ३ अंकसहित साउदी अरबिया समुहको पुछारमा रह्यो । उता समुह डी को खेलमा डेनर्माकलाई १–० ले हराउँदै अष्ट्रेलिया पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।

निर्णायक खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेच्कीले निर्णायक गोल गरे । अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा उक्लिएको हो ।

यही समुहको अर्को खेलमा ट्युनिसियासँग १–० ले पराजित भएपनि फ्रान्स समुह विजेता बन्यो । यो समुहमा ६÷६ अंक जोडेका फ्रान्स र अष्ट्रेलिया राउण्ड अफ सिक्सटिनमा प्रवेश गरे ।

Categorized in स्पाेर्ट्स