arin enterprises

सशस्त्र प्रहरीका डिएसपी पक्राउ

SamacharDesk | २०८० फाल्गुण ७, सोमबार

महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसिंह केसीलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो ।

शनिबार राति डिएसपी केसीले हलचोकस्थित एक रेष्टुरेन्टमा महिलाको भिडियो खिचेको थियो ।

उनले अनुमति बिना भिडियो खिचेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

कसैको अनुमति बिना तस्बिर वा भिडियो खिच्न नपाइने भन्ने कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Categorized in अपराध