arin enterprises

आज पक्राउ परेकी नेतृ झाँक्री आजै रिहा

SamacharDesk – बिकाश | २०७७ माघ २९, बिहिबार

राज्यविरुद्धको अपराध गरेको कसुरमा आज पक्राउ परेकी नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आजै रिहा गरेको छ ।

महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई आज दिउँसो उनकै निवास शंखमूलबाट पक्राउ गरेको थियो भने साँझमा रिहाइ गरेको हो ।

उनलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा ५८ अनुसार गिरफ्तार गरी अपराध अनुसन्धान विभाग मिनभवनमा राखिएको थियो । उनलाई करीब साढे ५ घन्टा हिरासतमा राखिएको थियो ।

केही दिनअघि गोरखामा भएको भेलामा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

हिजाे बुधबार काठमाडाैंमा भएकाे नेकपा दाहाल नेपाल समूहकाे प्रदर्शनको क्रममा पनि झाँक्रीले आफुले राष्ट्रपति संस्थाको नभई राष्ट्रपति विद्यादेवी भण्डारीको रवैयाको आलोचना गरेको भनेकी थिइन् ।

झाँक्रीलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082