महिलालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ पौष २०, मंगलबार

एक २० वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष बुढानीलकण्ठबाट पक्राउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोकका २८ वर्षीय बिनोद भण्डारी सोमबार साँझ पक्राउ परेका हुन् ।
घटनाको अनुसन्धानको क्रममा भण्डारीले विहिबार साँझ बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा महिलालाई जबरजस्ती गरेको देखिएको प्रहरीले बताएको छ ।
महिलालाई लागूऔषध सेवन गराई भण्डारीले महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको देखिएको बताइएको छ ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध