arin enterprises

जबरजस्ती गरेको अभियोगमा पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८१ कार्तिक ८, बिहिबार

एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक जना युवक बर्दियाबाट पक्राउ परेका छन् ।

प्रहरीले बाँसगढी नगरपालिका–८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार पक्राउ गरेको हो ।

भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Categorized in अपराध