arin enterprises

काठमाडौंबाट साढे एक लाख बढि नक्कली नोटसहित पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०७७ फाल्गुण २८, शुक्रबार

काठमाडौंको सुकेधाराबाट साढे एक लाख भन्दा बढि नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरिएको छ ।

सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चेका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसेका काभ्रे बनेपा बस्ने ३० वर्षीय ध्रुब श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Categorized in अपराध