हर्नेट बन्दुक र मृगको मासुसहित पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ १९, शुक्रबार

हर्नेट बन्दुक र मृगको मासुसहित सप्तरीबाट एक पुरुष पक्राउ परेका छन् ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ वैष्णोदेवी मन्दिर नजिकबाट राजबिराज गरपालिका–५ बस्ने ४६ वर्षीय शैलेन्द्र कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
झाबाट हर्नेट बन्दुकको साथमा त्यसको गोली ६ थान, म्यागजिन २ थान, मृगको मासु करिब ३५ किलो र दूरविन १ थान बरामद भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले झालाई पक्राउ गरेको हो ।
झालाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध