arin enterprises

श्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण ९, शनिबार

श्रोत नखुलेको ४० लाख बढि नगदसहित झापाबाट एक पुरुष पक्राउ परेको छ ।

झापा गाउँपालिका–२ बेलाईतीबारीबाट सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मण्डलको साथबाट ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको थियो ।

मोटरसाइकलमा बसी मण्डल भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले चेक जाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा मण्डलको साथबाट उक्त नगद बरामद गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र मण्डललाई भोलि भद्रपुर भन्सार कार्यालयमा बुझाइने बताइएको छ ।

Categorized in अपराध