arin enterprises

अवैध लागूऔषध गाँजासहित पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ९, सोमबार

काठमाडौंको चन्द्रागिरीबाट अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका–३ बस्ने ४० वर्षीया पार्वती अधिकारीलाई गाँजासहित पक्राउ गरिएको हो ।

पार्वतीको साथबाट करिब २ केजी अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ३०३ नम्बरको हाईसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा पार्वतीको साथमा उक्त गाँजा भेटिएको थियाे ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पार्वतीलाई पक्राउ गरेको हो ।

Categorized in अपराध