चोरी भएको मोटरसाइकलसहित एकजना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र २१, शनिबार

चोरी भएको मोटरसाइकलसहित ट्राफिक प्रहरी महाशाखाले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएका प्रहरीले चोरी भएको उक्त मोटरसाइकलसँगै साँगाचोकगढी–६ सिन्धुपाल्चोक बस्ने २० वर्षीय श्रीजर सेन्चुरीलाई ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको हो ।
महाशाखाले सेन्चुरीलाई साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा ९५ प ७९७६ नम्वरको रातो रङ्गको एनएस पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको पनि खुल्न आएको छ ।
ललितपुर बस्ने सुजित महर्जनको उक्त मोटरसाइकल गत पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको थियो ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाको अनुसन्धानको लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ ।
Categorized in अपराध