arin enterprises

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ माघ ७, शुक्रबार

स्रोत नखुलेको भारतीय रुपैयाँ र चेकसहित एक भारतीय पुरुष महोत्तरीबाट पक्राउ परेका छन् ।

प्रहरीले ९ लाख बढि नगद र चेकसहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ बरामद गरेको छ । साथमा साहको साथबाट ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेकसमेत फेला पारेको छ ।

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्ने क्रममा उक्त रुपैयाँ र चेक झोलामा लुकाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।

Categorized in अपराध