बाँकेमा विभिन्न हातहतियारसहित एक जना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७७ फाल्गुण २९, शनिबार

बाँकेको राप्तीसोनारी गाउँपालिकामा विभिन्न हातहतियारसहित एक पुरुष पक्राउ परेका छन् ।
जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई प्रहरीले विभिन्न हातहतियारसहित आज पक्राउ गरेको हो ।
थारुबाट प्रहरीले दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बदेलको दाँत १ वटा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।
थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले ऋषिरामका भाइ लाल बहादुर थारुको घरबाट पनि विभिन्न हतियार बरामद गरेको छ ।
लालबहादुरको घरको तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
लाल बहादुर भने हाल फरार रहेको र उसको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
Categorized in अपराध