आर्सनल शीर्ष स्थानमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २७, आइतबार

आर्सनल ईंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा आर्सनललाई जिताउन डेक्लन राइस र काई हभार्ट्जले एक एक गोल गरे । ब्रेन्टफोर्डको लागि योएन विस्साले एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएको थियो । योएन विस्साले पहिलो हाफको इन्जुरी समयमा ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काए ।
त्यस्तै खेल सकिन चार मिनेट अघि हभार्ट्जले आर्सनलको लागि विजयी गोल गरे ।
यो जितसँगै आर्सनलले २८ खेलमा ६४ अंक जोडेको छ । उपाधि होडमा देखिएका एक खेल कम खेलेको लिभरपुल ६३ अंक सहित दोस्रो स्थानमा छ भने समान खेलमा सिटी ६२ अंक सहित तेस्रो स्थानमा छ ।
पराजित ब्रेन्टफोर्ड २६ अंक सहित तालिकाको १५ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स