सिजनमा आर्सनलको पहिलो हार
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १९, आइतबार

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सिजनको पहिलो हार बेहोरेको छ ।
शनिबार न्युक्यासलसँग आर्सनलले पहिलो हार बेहोरेको हो । न्युक्यासलले घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो ।
एन्थोनी गार्डनले ६४ औं मिनेटमा गरेको गोल नै न्युक्यासललाई जित दिलाउन पर्याप्त रह्यो । तर उनले गरेको गोल भने विवाद भन्दा बाहिर भने रहेन ।
मैदान बाहिर गइसकेको बलमा गोल गरेको भन्दै आर्सनलले आपत्ति जनाएको थियो । तर रेफ्रीले भारमार्फत सो गोललाई मान्यता दिएपछि न्युक्यासलको जित निश्चित बन्यो ।
यो हारसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।
आर्सनल २४ अंक सहित तेस्रो स्थानमा छ ।
न्युक्यासल ११ खेलबाट २० अंक सहित छैटौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स