arin enterprises

आर्सनलाई ५ अंकको अग्रता

SamacharDesk | २०७९ फाल्गुण २९, सोमबार

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले हराएको छ ।

गएराति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले एक एक गोल गरे ।

जितसँगै आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । २७ खेलबाट आर्सनलको ६६ अंक छ भने समान खेलबाट ६१ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ५० अंकसहित तेस्रो स्थानमा छ । गएरातिको खेलमा म्यान्चेस्टर युनाइटेडलाई साउथह्याम्प्टनले गोलरहित बराबरीमा रोकेको छ ।

प्रिमियर लिगका अन्य खेलहरुमा न्युकासल युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।

Categorized in स्पाेर्ट्स