पाकिस्तानको चर्चहरुमा आगजनी र तोडफोड
SamacharDesk | २०८० श्रावण ३२, बिहिबार

पाकिस्तानमा चर्चहरुमा आगजनी र तोडफोड भएको छ । पूर्वी पाकिस्तानको जरानवाला क्षेत्रमा रहेका आधा दर्जन चर्चहरुमा आगे लगाइनुका साथै ईशाई धर्मावलम्बीहरु सम्वद्ध दर्जन बढी घरमा तोडफोड गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् ।
मुश्लिम धर्म तथा कुरानको निन्दा गरेको आरोपमा चर्चमा आक्रमण भएको समाचारमा उल्लेख गरेको छ ।
चर्चहरुमा भएको आक्रमणमा संलग्न एक सय बढीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुमाथि कारबाही भने गरिएको छैन् ।
अल जजिरा अनुसार यो विवाध मुस्लिमहरुको धार्मिक ग्रन्थ कुरानको पानाहरुमा निन्दापूर्ण भाषा लेखि च्यातिएको अवस्थामा क्रिस्टेन कोलोनीसँगै भेटिएपछि सुरु भएको हो । उक्त पानाहरु स्थानीय धार्मिक नेताकोमा लगेपछि मुस्लिमहरुलाई यसको विरोध गर्न र दोषीहरुलाई कारवाहिको आग्रह गरेको थियो ।
त्यसको केहि समयपछि चर्चमा अन्धाधुन्द आक्रमण गर्नुका साथै आगजनी र तोडफोड भएको अल जजिराले लेखेको छ ।
यसरी आक्रमण भइरहँदा प्रहरी मुक दर्शक बनेर उभि रहेको आरोप ईशाईहरुले लगाएका छन्
Categorized in अन्तर्राष्ट्रिय