arin enterprises

बेलायतबाट नेपालका अस्पतालहरूलाई सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ २८, शुक्रबार

बेलायतमा बस्दै गरका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले नेपालका अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपाली डाक्टर्ज एसोसिएसन (युके) र हेल्थ एक्सचेन्ज नेपाल (युके) ले नेपालका अस्पतालहरुलाई सहयोग गरेको हो । बेलायतकै अस्पतालहरुबाट प्राप्त सहयोग संकलन गरेर नेपालमा पठाइएको दुवै संस्थाले जानकारी दिएको छ ।

डाक्टर्ज एशोसिएसन र हेल्थ एक्सचेन्जका अनुसार शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाण्डौ, धुलिखेल अस्पताल, काठमाण्डौ मोडल अस्पताल, त्रिशुली अस्पताल र नेपाल क्रिटिकल डेभलपमेन्ट फाउन्डेसनलाई उक्त सामग्री सहयोग गरिएको हो ।

नेपालमा डाईबिटिज नेपालमार्फत स्वास्थ्य सामग्रीहरु अस्पतालहरुमा वितरण गरिएको थियो । डाइबिटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यंले अस्पतालहरुमा पुगी सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।

अस्पतालहरुलाई पिपिई, अक्सिजन कन्सन्ट्रेटर मेसीन, सि–प्याप, पिईईपि भल्भ, फेसमास्क, फेसशिल्ड, एफएफपि–२ मास्क, सर्जिकल मास्क, ग्लोभ्सलगायतका बिभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

यसै क्रममा नेपाल क्रिटिकल डेभलपमेन्ट फाउन्डेसनलाई अक्सिजन दिन प्रयोग गरिने स्नोर्कल सि–प्याप हस्तान्तरण गरिएको छ ।

यसैगरी राधास्वामी केन्द्र सामाखुसीमा संचालनमा आएको अक्सिजनसहितको आईसोलेसन सेन्टरमा अक्सिजन पु¥याउन अमेरिका नेपाल मेडिकल फाउण्डेशनमार्पmत २० हजार स्टलिङग पाउण्ड सहयोग गरिएको छ ।

Categorized in समाज