arin enterprises

अन्तरीक्ष यात्री एड्रिनले गरे चौथो विवाह

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ८, आइतबार

विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले चौथो विवाह गरेका छन् । एड्रिनले आफ्नो ९३ औं जन्मदिनको अवसरमा प्रमिका एन्क फाउरसँग विवाह गरेका हुन् ।

उनको सानो निजी समारोहमा विवाह भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनी फाउरसँग लामो समयदेखि प्रेम सम्बन्धमा  थिए । फाउर ६३ वर्षको छिन् ।

एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । आर्मस्ट्रङ र एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए ।

आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्षयात्रीबाट सेवानिवृत हुनुअघि १२ दिन अन्तरीक्षमा बिताएका थिए ।

एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए । तर उनीहरूसँग सम्बन्ध बिच्छेद भइसकेको छ । उनीहरूबाट एड्रिनका तीन सन्तान छन् ।

एड्रिनले विवाहको बारेमा ट्विट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय