एट्लेटिको म्याड्रिड उपाधि नजिक
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३, सोमबार

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा रिनन लोडीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । त्यसपछि ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।
यो जितसँगै एट्लेटिकोले ३७ खेलमा ८३ अंक जोडेको छ । एट्लेटिले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
एट्लेटिको उपाधिको होडमा रहेको रियल म्याड्रिड भन्दा २ अंकले अघि रहेको छ ।
ओसासुना ४४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स